कर्मचारीको तलब लगायतमा थप ४ अर्ब ५ करोड खर्च गर्न अर्थले दियो अख्तियारी
काठमाडौँ । अर्थ मन्त्रालयले सामाजिक सुरक्षा भत्ता, पारिश्रमिक लगायतमा थप रकम खर्च गर्न मातहतका निकायलाई अख्तियारी दिएको छ ।
गृह मन्त्रालयलगायत विभिन्न निकायबाट सामाजिक सुरक्षा भत्ता, पारिश्रमिकलगायतमा थप बजेट निकासा माग भई आएअनुसार अर्थमन्त्री वर्षमान पुनले आवश्यक निर्णय गरेका हुन् ।
जसअनुसार सामाजिक सुरक्षा भत्ता, पारिश्रमिक कर्मचारी र पारिश्रमिक पदाधिकारीमा खर्च शीर्षकमा विनियोजन भएको रकममध्ये कुनै क्रियाकलापमा रकम अपुग हुने र त्यही खर्च शीर्षकको अर्को क्रियाकलापमा रकम बाँकी रहने अवस्थामा क्रियाकलापहरुबिचमा खर्च समायोजन गरी भुक्तानी निकासा गर्ने निर्णय भएको सचिव मधुकुमार मरासिनीले जानकारी दिए ।
उल्लेखित भुक्तानी निकासाबाट पनि अपुग भएको अवस्थामा कर्मचारीको पारिश्रमिकमा ३ अर्ब ८० करोड र योगदानमा आधारित निवृत्तभरण तथा उपदान कोषमा २५ करोड गरी जम्मा ४ अर्ब ५ करोड खर्च गर्नेगरी महालेखा नियन्त्रक कार्यालयमार्फत सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई अख्तियारी दिने निर्णय भएको मरासिनीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
-
पहिलो हाफमा नर्वेलाई अग्रता, आइभरी कोस्टले पायो ९ कर्नर किक
-
आइभरी कोस्टविरुद्ध नर्वेलाई अग्रता, नुसाले गरे गोल
-
जर्मनीकी विकासमन्त्रीसँग राप्रपा सांसद ओलीको भेट
-
एन्फा पूर्व अध्यक्ष शेर्पा हाजिर जमानीमा रिहा
-
एकैपटक हवाई इन्धनको मूल्यमा भारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण