अहिलेको सरकार ‘रेस्ट’ गर्ने सरकार होइन : मुख्यमन्त्री सिंह
वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतीश सिंहले अहिलेको सरकार ‘रेस्ट’ गर्ने सरकार नभएको बताएका छन् । अघिल्ला सरकार जस्तो आरामले समय काट्ने सरकार नभएर जनताको सेवाका लागि २४ सै घण्टा काम गर्ने सरकार भएको उनले बताए ।
उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयले बुधबार वीरगन्जमा आयोजना गरेको सरोकारवालाहरुसँग अन्तरक्रिया एवं संवाद कार्यक्रम मुख्यमन्त्री सिंहले पहिलाको सरकार जस्तो अहिलेको सरकार सुतेर नबस्ने बताए ।
‘मेरो टाउकाको उपचार भएको छ, तर म जनताको कामका लागि हिँड्या हिँड्या छु । हामी अहिले २४ सै घण्टा काम गरिरहेका छौँ, उनले भने,‘किनकि ७ वर्षदेखि मधेस सरकारमाथि जनताको विश्वास घटेको छ, नकारात्मक धारणा छ, हो त्यो धारणा चिर्नका लागि हामी रातदिन काम गरिरहेका छौँ ।’
‘घुमौँ मधेस, बुझौँ मधेस’ नारासहित पर्यटन मन्त्रालयले गरेको कार्यक्रममा मुख्यमन्त्री सिंहले पर्यटन क्षेत्रको मात्र विकास गर्न सके मधेसको कायापलट हुने बताए । मधेसको विकास एक्लैले सम्भव नभएकाले यसका लागि प्रदेश सरकारले माग अनुसार काम अगाडि बढाइसकेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिको सिटीमा ठुलो हुरीबतास: मेक्सिको र इक्वेडरबिचको विश्वकप खेल प्रभावित
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण