मन्त्रीपरिषद्ले मात्रै बजेट रकमान्तर गर्नसक्ने व्यवस्था गर्नुपर्छ: देवेन्द्र दाहाल
काठमाडौँ । नेकपा एमालेका राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले मन्त्रीपरिषद्ले मात्रै बजेट रकमान्तर गर्नसक्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै सदस्य दाहालले अर्थ मन्त्रालयले बजेट रकमान्तर गर्ने भन्दा पनि मन्त्रीपरिषद्ले मात्रै बजेट रकमान्तर गर्नसक्ने व्यवस्था गर्नुपर्ने बताएका हुन् । उनले बजेट रकमान्तर गर्ने सम्बन्धमा अर्थमन्त्रलयले सिधै गर्ने प्रावधान राखेको भन्दै त्यसलाई नेपाल सरकार मन्त्रीपरिषद्ले मात्रै गर्न सक्ने बनाउनुपर्नेमा जोड दिए ।
उनले विनियोजित बजेटको संकेत नम्बर ८०१ मा विनियोजन भएको वित्तीय समानिकरण अनुदान रकम कटौती नगर्ने व्यवस्था गर्न सरकारसँग माग गरे ।
उनले सशर्त र समपूरक अनुदानका रकमहरू खर्च नभई बचत भएको खण्डमा असार मसान्तभित्र सम्बन्धित कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत सङ्घीय सञ्चित कोषमा दाखिला गर्नुपर्ने प्रणाली हुनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण