मुकुलको प्रतिवेदन : गत आमचुनावमा गगन थापासँग गरिएको रणनीतिक सहकार्य विफल भयो
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निलम्बित महामन्त्री मुकुल ढकालले गत आम चुनावमा कांग्रेस महामन्त्री गगन थापासँग रणनीतिक सहकार्य गरेको खुलासा गरेका छन् । गत आम चुनावमा कांग्रेस महामन्त्री गगन थापाको सहयोगमा आफूहरूले प्रत्यक्षमा दुई सिट बढी जितेको दाबी गरेका छन् ।
ढकालको समीक्षा यात्रा प्रतिवेदनमार्फत आम चुनावमा रास्वपाले कांग्रेस महामन्त्री थापासँग रणनीतिक सहकार्य गरेको खुलासा गरेका हुन् । आम चुनावमा थापासँगको सहकार्यले पार्टीलाई अहिले हानि गरिरहेको ढकालको प्रतिवेदनमा उल्लेख छ ।
‘मङ्सिरको चुनावका बेला गगन थापाका विरुद्ध सशक्त उम्मेदवार उठाई उनको राजनीतिलाई त्यहीँ विराम लगाइदिने रणनीति बदलिएर गगनलाई जित्न सहज हुने वातावरण जुन सिर्जना गरिदियौँ, त्यसले आज हामीलाई नै चोट पुर्याएको छ’, प्रतिवेदनमा उल्लेख छ ।
साथै कांग्रेस महामन्त्री थापाको सहयोगमा रास्वपाले प्रत्यक्षमा दुई सिट बढी जितेको पनि ढकालले प्रतिवेदनमा लेखेका छन् । ‘हुन त गगनले आफूलाई जित्न सहज वातावरण बनाइदिएकै कारण, आफ्ना पक्षधरलाई घण्टीमा भोट हाल्न लगाउँदा प्रत्यक्षमा दुई सिट नाफा हुन पुग्यो । नतिजाले काठमाडौँ ४ पनि हामीले जित्ने देखाएकाले, गगनसँगको सहकार्यले हामीलाई न तात्कालिक फाइदा दियो, न अहिले फाइदा भयो । गगनसँग त्यतिबेला गरेको रणनीतिक सहकार्य विफल भएको समीक्षा गर्नुपर्ने हुन्छ,’ प्रतिवेदनमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण