मान्छेले मात्रै होइन, कमिलाले पनि गर्छन् अपरेसन

वाशिङटन डीसी । मानिसको शरीरमा कुनै समस्या आयो वा रोग लाग्यो भने शल्यक्रिया गरिन्छ । यो खुबी मानिसमा मात्रै छ ।
मेडिकल अध्ययनका कारण मान्छेले यो खुबी पाएको हो । यो जटिल प्रक्रियाका लागि अत्यधिक प्रतिभाको खाँचो पर्दछ । तर अमेरिकामा भने वैज्ञानिकहरूले यस्तो कमिला खोजेका छन्, जसले शल्यक्रिया पनि गर्छ ।
आफ्नो साथीहरूलाई बचाउन शल्यक्रिया गर्ने यो कमिला फ्लोरिडामा खोजिएको हो । यिनीहरूलाई कार्पेन्टर आन्ट्स भनिन्छ । एउटै गुँडमा बस्ने साथी कमिलाको खुट्टामा लागेको चोटलाई यिनीहरूले चिन्छन् र घाउ ठिक गर्न खुट्टा वा यसको हिस्सा काटेर फ्याँकिदिन्छन् ।
सन् २०२३ मा फ्र्यांकको टिमले अफ्रिकी कमिलाको एउटा प्रजाति खोजेका थिए । यसको नाम मेगापोनेरा एनालिस भएको बताइएको छ । यसले आफ्नो गुँडमा भएका घाइते साथीहरूको उपचार आफ्नो शरीरबाट निस्कने एन्टीमाइक्रोबायल पदार्थले गर्थे । फ्लोरिडामा भेटिएका कार्पेन्टर आन्ट्समा यो खुबी छैन ।
तर यिनीहरू घाइते साथीको खुट्टा काट्न माहिर छन् । उपचारका लागि कार्पेनटर आन्ट्सले आफ्नो मुखको प्रयोग गर्छन् । घाउ ठिक नहुने जस्तो देखेपछि घाउ भएको हिस्सा मुखले काटेर फ्याँकिदिन्छन् । यो अध्ययन करेन्ट बायोलोजी जर्नलमा पनि प्रकाशित भइसकेको छ । वैज्ञानिकहरूले यस अध्ययनमा दुई खालको चोटमा ध्यान दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको मिनेसोटामा डेमोक्रेटिक सांसदको गोली हानी हत्या, एक घाइते
-
नदी कटान नियन्त्रणका लागि ग्याबिनवाल निर्माण
-
गर्मी नघटेपछि वीरगञ्जमा थप ६ दिन विद्यालय बन्द
-
इजरायली आक्रमणबाट इरानको आणविक कार्यक्रममा कति क्षति पुग्ला ?
-
पछिल्लो २४ घण्टामा चट्याङ लागेर १८ जना घाइते
-
१० बजे, १० समाचार : भिजिट भिसाको प्रश्नले चिढिए प्रचण्ड, इजरायलमा स्थिति गम्भीर