देशका ३१ स्थानमा भारी वर्षा : नदी तथा खोलामा भीषण बाढी, चेतावनी जारी
काठमाडौँ । गए रातीदेखिको अविरल वर्षातका कारण देशका ३१ स्थानमा भारी वर्षा भइरहेको छ भने ती क्षेत्रमा खोला तथा नदीमा भीषण बाढी आउँदा चेतावनी जारी गरिएको छ । जल तथा मौसम विभागको बाढी पूर्वानुमान शाखाका अनुसार यतिबेला देशमा विभिन्न ३१ स्थानमा भारी वर्षा भइरहेको छ ।
_tgq6j8zDYD.jpg)
प्युठानको मारी नदी, बिजुवाटार, हंशपुर, बाँकेको पश्चिम राप्तीको कुसुम, गुल्मीको रुद्रबेनी, बडीगाड, पाल्पाको कुमालगाउँ, गैडाकोट, बल्ड्याङगढी, जाल्पा, अर्चले, दाङको घोराई, सुखाबरे, रातामाटा, गंगढी, लमही, बागसोती पर्वतको कार्कीनेटा, नवलपुरको डण्डा, देउराली नवल, अर्घाखाँचीको सन्धीखर्क, स्याङ्झाको पञ्चमुल, मलुङ्गा, लमजुङको कुन्छा, राइनासटार, ललितपरको लेले, पर्साको मुडुली पर्सा, अर्घाखाँचीमा भीषण वर्षा भइरहेको छ ।
_Av8DcMxulo.jpg)
यीबाहेक दाङ, पाल्पा, बाँके, स्याङ्जाका विभिन्न स्थानमा भारी वर्षा भएको भन्दै जल तथा मौसम विभागले सतर्कता जारी गरेको छ ।
_ZKJvif94Jf.jpg)
ठुला नदीहरू तर्फ नारायणी र बागमतीमा बाढीको जल सतह बढेको छ । लमजुङको विमल नगरमा मर्स्याङ्दी नदीमा १० मिटर बढी जल सतह बढेको छ । यता देवघाटमा नारायणी नदीले झन्डै ८ मिटर जल सतह बढेको छ ।
_DbtqqSyPUF.jpg)
खोकना क्षेत्रमा मापन गर्दा बागमती नदीमा झन्डै ४ मिटर जल सतह बढेको र बागमतीमा बाढीको मात्रा बढ्दो क्रममा रहेको मौसम विभागको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।
_XNoV6ThDrl.jpg)
यस्तै कोशी प्रदेशमा सङ्खुवासभाको किमाथांकामा अरुण नदीको जल सतह घट्दो क्रममा रहेको छ । बारामा गढीमाईमा दुधौरा खोलामा बाढीको मात्रा बढिरहेको छ । बुटवलमा तिनाउ खोलामा बाढीको मात्रा बढिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशलाई निको कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि
-
सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक स्वीकृत
-
प्रचण्ड भन्छन्– क्रमभङ्ग निरन्तर गरिराख्नुपर्ने हुन्छ
-
नेतृत्व वैधानिक मात्रै कि योग्य पनि ?
-
सुस्ता समस्या समाधान गर्न सरकारसँग अभियानको माग
-
डङ्की रूटको यात्रामा आधारित उपन्यास सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण