नेविसंघ बैठक चल्दाचल्दै केन्द्रीय कार्यालयको हस्तक्षेप, बैठक रोक्न निर्देशन
काठमाडौँ । नेविसंघ सभापति नैनसिंह महरसँग असन्तुष्ट समूहले बोलाएको केन्द्रीय समिति वैठकलाई रोक्न काँग्रेस केन्द्रिय समितिले परिपत्र गरेको छ ।
महामन्त्री कुन्दनराज काफ्लेले बोलाएको बैठक रोक्न केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले परिपत्र गरेका हुन् ।
विहिबार चलिरहेको वैठकको बीचमा बैठक रोक्ने आदेशात्मक पत्र आएको थियो । निर्देशनमा नेपाल विद्यार्थी संघको केन्द्रिय कार्यसमितीको नाममा पार्टी केन्द्रबाट निर्देशन प्राप्त नहुञ्जेलसम्म बैठक नगराउन भनिएको छ ।
बहुमत निर्वाचित केन्द्रीय सदस्यहरुको बैठक चलिरहेको अवस्थामा पार्टी कार्यालयवाट पत्र आएको काफ्लेले बताए ।
पत्र आउनुपुर्व एक मात्रै निर्णय भएको उनले जनाए । निर्वाचित ८४ केन्द्रिय सदस्य बैठकमा उपस्थित भएको काफ्लेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
बैठकले विधि विधान विपरित मनोमानी ढंगले सभापतिले पदाधिकारी सदस्य, विश्व विद्यालय, जिल्ला, क्याम्पस सिटिइभिटी विदेशस्थित सम्पर्क समितिहरुमा गरिएको मनोनयन खारेज गर्ने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण