ललितपुरसहित विभिन्न स्थानमा ९ जना मृत फेला
आइतबार, २३ असार २०८१, ११ : ४९
काठमाडौँ । पछिल्लो २४ घण्टामा ललितपुरसहित देशका विभिन्न स्थानमा ९ जना मृत अवस्थामा फेला परेका छन् ।
- ललितपुर महानगरपालिका-११ इखाचेमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- बागलुङ, गल्कोट नगरपालिका-३ बोहोरा फाँट बस्ने ५४ वर्षीय धन बहादुर बोहोरा सोही नगरपालिका-३ स्थित छहरे खोलामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- पाल्पा, तानसेन नगरपालिका-५ चिसापानी बस्ने ४२ वर्षीय शेर बहादुर विक सोही ठाउँ स्थित खोलाको किनारमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- सुनसरी, इटहरी उपमहानगरपालिका-१३ बस्ने ५८ वर्षीय चन्द्र कुमार चौधरी सोही ठाउँ स्थित आफ्नै खेतमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-१ बराहक्षेत्र मन्दिर स्थित कोशी नदीको भङ्गालोमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
- झापा, बिर्तामोड नगरपालिका-१० इलामेली टोल बस्ने ३५ वर्षीय सुनिल मुर्मु सोही ठाउँ स्थित पैनीमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- डोटी, दिपायल सिलगढी नगरपालिका-७ पाकरी बस्ने ४८ वर्षीया चन्द्रा विष्ट सोही ठाउँ स्थित खोलासैन सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
- तनहुँ, व्यास नगरपालिका-१३ बेलबास छाब्दी दोभान स्थित सेती खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- स्याङ्जा, वालिङ नगरपालिका-१० गाहाखोला स्थित आँधिखोला किनारमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ५५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण