सप्तकोसीमा पानीको बहाव अझै बढ्दै
आइतबार, २३ असार २०८१, १२ : ०४
विराटनगर । सप्तकोसीमा पानीको बहाव बढ्दै गएको छ । बिहान ९ बजेको मापन अनुसार ३ लाख ६८ हजार क्युसेक पानी रहेको भए पनि ११ बजे उक्त बहाव बढेर ३ लाख ७५ हजार ९३० पुगेको सुनसरी प्रहरीले जनाएको छ ।
पानीको बहाव बढेसँगै ब्यारेजका ५६ वटै ढोका खुलेका छन् । बिहान ७ बजेको मापन अनुसार पानीको बहाव ३ लाख ४२ हजार क्युसेक थियो । ८ बजे बढेर ३ लाख ४९ हजार क्युसेक पुगेको थियो ।
सुनसरीका प्रहरी प्रवक्ता नवीन कृष्ण भण्डारीका अनुसार पानीको बहाव बढेसँगै सप्तकोसी आसपासको क्षेत्रमा निगरानी बढाइएको छ । कोशी ब्यारेजले प्रतिसेकेन्ड ४ लाख क्युसेक पानीको बहाव थाम्न सक्ने बताइन्छ । त्यसभन्दा माथि पानीको बहाव भएमा खतरा मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण