भारतमा अन्तर्राष्ट्रिय अङ्ग प्रत्यारोपण र्याकेटमा संलग्न सात जना पक्राउ
ढाका । दिल्ली प्रहरीको अपराध शाखाले अन्तर्राष्ट्रिय अङ्ग प्रत्यारोपण र्याकेटमा संलग्न एक चिकित्सकसहित सात जनालाई पक्राउ गरेको छ ।
‘अन्तर्राष्ट्रिय अङ्ग प्रत्यारोपण र्याकेटका मुख्य योजनाकार बंगलादेशी थिए । दान दिने र लिने दुवै बङ्गलादेशका थिए । हामीले रसेल नामका व्यक्तिलाई पक्राउ गरेका छौँ,’ अपराध शाखाका डीसीपी अमित गोयलले मंगलबार भनेका छन् । रेसलले बिरामी र दाताहरूबिच सेटिङ मिलाइदिने काम गर्थे ।
आफूहरूले प्रत्यारोपणमा संलग्न महिला डाक्टरलाई पनि समातेको र यस मामिलामा थप अनुसन्धान भइरहेको गोयलको भनाइ छ । गत हप्ता एक प्रख्यात अस्पतालकी एक महिला डाक्टरलाई पक्राउ गरिएको भन्दै भारतीय सञ्चार माध्यमहरूले समाचार छापेका थिए ।
यो र्याकेटको सम्बन्ध बङ्गलादेशसँग रहेको आरोप लगाइएको छ । यो गिरोहले हरेक प्रत्यारोपणका लागि २५ देखि ३० लाख भारु लिने गरेका थिए । यो र्याकेट सन् २०१९ देखि चलिरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण