जनप्रशासनका १७० विद्यार्थीलाई सम्मान
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस जनप्रशासन क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियनले १७० विद्यार्थीलाई एकै पटकमा सम्मान गरेको छ ।
स्ववियुद्वारा आयोजित एक कार्यक्रममा त्यति सङ्ख्यामा पुरस्कार तथा मेडल वितरण गरिएको हो । साथै जनप्रशासन स्नातक र स्नातकोत्तर २०८० भर्ना समूहलाई स्वागत तथा स्नातक २०७५ भर्ना समूहलाई बिदाइ गरिएको छ ।
स्ववियुले पुराना प्रश्नपत्रको संगालो २०८१ को विमोचन पनि गरेको छ । स्ववियु खेलकुद सप्ताह पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम समापनका अवसरमा निवर्तमान उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, बाग्मती प्रदेश सभा सदस्य सरल सहयात्री तथा विभिन्न विद्यार्थी सङ्गठनका प्रतिनिधि उपस्थिति थियो ।
स्ववियु अध्यक्ष अग्र बहादुर शाहीले जनप्रशासन क्याम्पसको स्थापनाकाल २०३३ साल देखि ४८ वर्ष यताकै सबै भन्दा ठुलो र भव्य अतिरिक्त कार्यक्रम गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण