निर्वाचन आयोगको रणनीतिक योजना तयार

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनका क्रममा हालसम्मका रणनीतिक योजनाको समीक्षा गर्दै चौथो रणनीतिक योजना–२०८१/८२ को मस्यौदा तयार गरेको छ । आयोगले उक्त मस्यौदामा सुझाव दिन सार्वजनिक सूचनामार्फत सर्वसाधारणलाई आह्वान गरेको हो ।
नेपालको संविधान, निर्वाचन व्यवस्थापनसम्बन्धी कानुन तथा अन्तर्राष्ट्रिय मापदण्डका आधारमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष, समावेशी र विश्वसनीय निर्वाचनका लागि आयोगलाई सक्षम र सुदृढ तुल्याउने ध्येयले आर्थिक वर्ष २०६५/६६ देखि पञ्चवर्षीय योजना लागू भएको थियो । हाल तेस्रो आवधिक रणनीतिक योजना कार्यान्वयनमा छ ।
हालसम्मका रणनीतिक योजनाको कार्यान्वयनबाट प्राप्त अनुभव, राजनीतिक दल तथा सरोकारवालासँग विभिन्न समयमा गरिएका छलफल, विश्लेषण, समीक्षा र अन्तक्र्रियाबाट प्राप्त सुझावका आधारमा मस्यौदा तयार गरिएको आयोगका प्रवक्ता रघुराम विष्टले जानकारी दिए ।
उक्त मस्यदौलाई उन्नत बनाउन अगामी साउन ७ गतेभित्र आयोगको सचिवालयमा प्राप्त हुनेगरी सुझाव दिन आयोगले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरूको बैठक
-
अख्तियारको सेलेक्टिभ न्याय : ‘ठुला माछा’ फसेको काण्डमा यसरी उम्किए रामदेव र बालकृष्ण
-
डोटीमा बोलेरो जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
-
सङ्कटमा थाई प्रधानमन्त्रीको कुर्सी, के हो विवाद ?
-
कांग्रेस–एमालेबिचको एक वर्ष पुरानो ७ बुँदे सहमति : ओलीको शासन भयो, काम भएन
-
कात्तिक दोस्रो साता उपनिर्वाचन प्रस्ताव, आयोगले मिति घोषणा गर्ने