दक्षिण–पश्चिम चीनमा वर्षाका कारण ६ जनाको मृत्यु
बिहीबार, २७ असार २०८१, २१ : ३८
बेइजिङ । दक्षिणपश्चिम चीनमा वर्षाका कारण ६ जनाको मृत्यु भएको राज्यको सञ्चारमाध्यमले बिहीबार जनाएको छ । राज्यको समाचार समिति सिन्ह्वाले मेगासिटी चोङकिङ नजिकैको दियानजियाङ काउन्टीमा बुधबार रातिदेखि बिहीबार बिहानसम्म भारी वर्षा भएको बताएको छ ।
राज्य प्रसारणकर्ता सिसिटिभीले काउन्टी बाढी नियन्त्रण कार्यालयलाई उद्धृत गर्दै बिहीबार भू–प्रकोपमा चार जनाको मृत्यु भएको र थप दुई जना डुबानमा परेको जनाएको छ । भारी वर्षाका कारण घरहरू ढल्दा एक जनाको मृत्यु भएको र कम्तीमा तीन जना भूस्खलनमा फसेको सिन्ह्वाले बताएको छ ।
सिन्ह्वाका अनुसार वर्षाका कारण करिब सात हजार मानिस प्रभावित भएका छन् र एक सय ७० जनालाई उक्त स्थान खाली गर्न चेतावनी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला यात्रुलाई हैरानी पार्ने इनड्राइभ र याङ्गो राइडर पक्राउ
-
स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउँछ : मन्त्री मेहता
-
जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ
-
४३ देशका लागि संसदीय मैत्री समूह, संयोजक र सदस्य तोकिए
-
मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
-
उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना, ११ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण