मधेस प्रदेशः आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतिले पारित
जनकपुर । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री सतिशकुमार सिंहले प्रस्तुत गरेको विनियोजन विधेयक २०८१ सभामुख रामचन्द्र मण्डलले निर्णयार्थ पेस गर्दा सभाको सर्वसम्मतिले पारित भएको हो ।
यही असार १ गते तत्कालीन अर्थमन्त्री भरतप्रसाद साहले प्रदेशसभामा रू ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार बराबरको बजेट प्रस्तुत गरेका थिए । बजेटमा चालुतर्फ रु १६ अर्ब सात लाख एक हजार र पुँजीगततर्फ रु २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार विनियोजन गरिएको छ ।
बजेटमाथि प्रश्न उठाउँदै जनता समाजवादी पार्टी (जसपा) नेपाल लगायतका चार दलले विरोध जनाएपछि बैठक अवरुद्ध हुँदै आएको थियो । आज बिहान बसेको सर्वदलीय बैठकले उच्चस्तरीय छानबिन समिति बनाउने निर्णयपछि बजेटमाथिको छलफल एकै दिनमा सकेर पारित गरिएको छ । छलफलमा २२ जना प्रदेशसभा सदस्यले भाग लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणस्तर परीक्षणमा एआईले अपेक्षित नतिजा दिन नसकेपछि फोर्डले पुनः नियुक्त गर्यो अनुभवी इन्जिनियर
-
युएनडीपीले भन्याे– पश्चिम एसिया द्वन्द्व समाधानको प्रयास विकासशील देशहरूलाई बोझिलो
-
चिकित्सा शिक्षाको परीक्षा प्रणाली सुधारको माग गर्दै माइतीघरमा विद्यार्थी प्रदर्शन (तस्बिरहरु)
-
लामो समय अलपत्र मर्स्याङ्दी करिडोर प्रसारण लाइन निर्माण सम्पन्न
-
जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
-
भन्सार विभागका महानिर्देशक भण्डारी अर्थ मन्त्रालयमा तानिएसँगै पाण्डेलाई निमित्तको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण