नेपालगञ्ज भन्सारमा लक्ष्यको ६३ प्रतिशत राजस्व असुली
राँझा । नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यको ६३ दशमलव ३४ प्रतिशत राजस्व असुली गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा नेपालगञ्ज भन्सार कार्यालयलाई रु २८ अर्ब ६६ करोड राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु १८ अर्ब १५ करोड मात्रै राजस्व असुली भएको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले जानकारी दिए ।
अघिल्लो आवभन्दा गत आवमा करिब रु चार करोड कम राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९/८० मा भन्सार लक्ष्य रु २९ अर्ब ३२ करोड रहेकामा रु १८ अर्ब १९ करोड ६९ लाख ७५ हजार राजस्व सङ्कलन भएको थियो ।
चिनी आयात रोकिएपछि नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा न्यून राजस्व असुली भएको उनको भनाइ छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा चिनी आयातबाट मात्रै करिब रु ९० करोड राजस्व असुली भएकामा गत आवमा चिनीबाट राजस्व असुली शून्य भएको थियो ।
कार्यालयले गत आर्थिक वर्षको साउन महिनामा रु एक अर्ब ८१ करोड ३० लाख ८४ हजार असुली गर्ने लक्ष्य राखेकामा रु एक अर्ब ४१ करोड ४० लाख ९८ हजार सङ्कलन गरेको थियो । भदौ महिनामा रु दुई अर्ब २२ करोड १४ लाख ५८ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा रु एक अर्ब ४५ करोड ११ लाख ८० हजार असुली भएको थियो ।
यस्तै, असोजमा रु दुई अर्ब ४४ करोड ५३ लाख ८६ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा रु एक अर्ब ४८ करोड ६० लाख ९९ हजार, कात्तिकमा रु दुई अर्ब ३८ करोड ९१ लाख ९२ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा रु एक अर्ब २४ करोड २१ लाख ५० हजार सङ्कलन गरेको सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए ।
उक्त कार्यालयले मङ्सिरमा रु दुई अर्ब ५२ करोड ३६ लाख ६६ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा रु एक अर्ब ५५ करोड ८९ लाख ९९ हजार सङ्कलन गरेको थियो । त्यस्तै, पुसमा रु दुई अर्ब ५६ करोड ६० लाख ६६ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा रु एक अर्ब ५३ करोड ५५ लाख ५६ हजार सङ्कलन भएको छ ।
त्यसैगरी, माघमा रु दुई अर्ब ३१ करोड ४२ लाख १२ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा रु एक अर्ब ३१ करोड ८१ लाख २२ हजार सङ्कलन भएको छ । कार्यालयले फागुनमा रु दुई अर्ब ५० करोड १७ लाख ६५ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा रु एक अर्ब ५८ करोड ४७ लाख ३८ हजार असुली गरेको छ ।
कार्यालयले गत आर्थिक वर्षको चैतमा रु दुई अर्ब ४५ करोड तीन लाख ७४ हजार, वैशाखमा रु दुई अर्ब ४७ करोड २५ लाख १२ हजार, जेठमा रु दुई अर्ब ४९ करोड ६६ लाख एक हजार र असारमा रु दुई अर्ब ४६ करोड ८२ लाख १९ हजार राजस्व असुली गर्ने लक्ष्य राखेको थियो ।
नेपालगञ्ज नाका हुँदै भारतबाट पेट्रोलियम पदार्थ, मार्बल, खाद्यान्न, तरकारी, फलफूल आयात (पैठारी) र नेपालगञ्जबाट जडीबुटी लगायतका वस्तु भारततर्फ निकासी हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको कर्णाली अधिवेशनमा कचिङ्गलः कोही बहिष्कार गर्ने, कोही प्यानलमार्फत चुनावमा
-
भाइरल भिडियोबारे के भन्छिन् सांसद सृष्टि भट्टराई ?
-
संसद्प्रति प्रधानमन्त्री र मन्त्रीकै बेवास्ता, लगातार बैठक स्थगित
-
परीक्षामा विद्यार्थी अनुत्तीर्ण हुँदा व्यक्ति असफल हुन्छ कि प्रणाली ?
-
जिल्ला र प्रदेशको चुनावी नतिजाको 'साइड इफेक्ट' रास्वपाको महाधिवेशनमा देखिएला ?
-
सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण