सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार
सारांश
- नेप्से परिसूचक ६.३१ अङ्कले घटेर २७०५.४५ विन्दुमा बन्द भएको छ।
- आज कुल ४ अर्ब ४ करोड ७८ लाख ५८ हजार ८४ रुपैयाँ बराबरको कारोबार भएको छ।
- व्यापार र म्युचुअल फन्ड उपसूचक बाहेक ११ उपसूचकहरू नकारात्मक देखिएका छन्।
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट दर्ता भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक ६.३१ अङ्कले ओरालो लागेर २७०५.४५ विन्दुमा पुगेर बन्द भएको छ। आज बजार सुरुवाती समयदेखि नै ओरालो लाग्ने क्रम देखिएको थियो।
बजार परिसूचक घटे पनि कारोबार रकम भने उत्साहजनक नै देखिएको छ। आज दिनभरिमा कुल ३५५ वटा स्क्रिप्सको कारोबारमा १ करोड ७ लाख ८ हजार ५ सय ९६ कित्ता सेयर खरिदबिक्री भएका छन्।
जसबाट कुल ४ अर्ब ४ करोड ७८ लाख ५८ हजार ८४ रुपैयाँ १२ पैसा बराबरको कारोबार भएको छ। आज कारोबार भएका कम्पनीहरूमध्ये ८० वटा कम्पनीको मूल्य बढ्दा १७७ वटा कम्पनीको मूल्य घटेको छ भने १५ वटा कम्पनीको मूल्य यथावत रहेको छ।
आज कारोबार भएका कुल १३ उपसूचकहरूमध्ये ११ वटा उपसूचक नकारात्मक देखिएका छन्। व्यापार र म्युचुअल फन्ड उपसूचक मात्र बढेका छन्।
आज सबैभन्दा धेरै नाफा कमाउनेमा सोपान फर्मास्युटिकल्स अग्रस्थानमा रह्यो, जसको सेयर मूल्य १५ प्रतिशत बढेको छ। त्यस्तै, एपोलो हाइड्रोपावरको मूल्य १४.९८ प्रतिशतले वृद्धि भएको छ।
अर्कोतर्फ, बढी गुमाउने कम्पनीहरूमा सयपत्री हाइड्रोपावर को सेयर मूल्यमा ४.९० प्रतिशत र युनिक नेपाल लघुवित्त वित्तीय संस्था को मूल्यमा ४.०३ प्रतिशतको गिरावट आएको छ।
आज कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहन सफल भयो। उक्त कम्पनीको ३१ करोड ९९ लाख ४५ हजार ९५ रुपैयाँ बराबरको सेयर कारोबार भयो। यसैगरी सिद्धार्थ बैंक १८ करोड २७ लाख रुपैयाँ र रिलायन्स स्पिनिङ मिल्स १५ करोड ५ लाख रुपैयाँभन्दा बढीको कारोबारसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयका उपकुलपति उम्मेदवारको प्रस्तुतीकरण र अन्तर्वार्ता असार १३ देखि १५ गतेसम्म
-
नेकपा कोशी प्रदेशको कार्य विभाजन टुङ्गियाे, जिल्ला र विभागहरूमा जिम्मेवारी बाँडफाँड
-
के हो ई-पासपोर्ट छपाई प्रकरण, किन पक्राउ परे राहदानी विभागका महानिर्देशक ?
-
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गाैतमलाई थुनामा पठाउने आदेश
-
बजेटमाथि रास्वपा सांसदकै आक्रोश : शक्ति केन्द्रको वरिपरि मात्रै घुम्यो
-
मिलेमतोमा ठेक्का, प्रमाण लुकाउन कागजात नै गायब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण