युक्रेनलाई दिँदै आएको सैन्य सहायतामा कटौती गर्दै जर्मनी
बर्लिन । जर्मनीले अर्को वर्ष युक्रेनलाई दिँदै आएको सैन्य सहायता कटौती गर्ने योजना बनाएको छ । अहिले दिइरहेको सहायता घटाएर झन्डै आधामा पारिने बताइएको छ ।
जर्मनीले युक्रेनलाई वार्षिक झन्डै ८ अर्ब युरो सहायता दिँदै आएको छ । यो सहायता सन् २०२५ देखि चार अर्ब युरोमा झर्न सक्नेछ । जी सेभेनमा सदस्य देशहरूले रुसको जफत गरेको सम्पत्तिबाट ५० अर्ब डलर जुटाउने योजना बनाइरहेका छन् । यस योजनाले निकट भविष्यमा युक्रेनलाई आवश्यक सहायता सुरक्षित गर्नेछ ।
अमेरिकापछि जर्मनी युक्रेनलाई सहायता दिने दोस्रो ठुलो देश हो । सन् २०२४ मा जर्मनीले युक्रेनका लागि करिब ७ अर्ब ५ करोड युरो बजेट विनियोजन गरेको थियो । अमेरिकाले युक्रेनलाई दिँदै आएको सहायता कटौती गर्ने हो कि भनेर युक्रेन र यसका सहयोगी युरोपेली देशहरू डराइरहेकै समयमा यो कटौती हुन लागेको हो । अमेरिकामा नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले जिते भने उनले युक्रेनलाई दिइने सहयोगमा रोक लगाउन सक्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण