मेची भन्सार कार्यालयद्वारा १४ अर्ब २३ करोड रुपैयाँ राजश्व सङ्कलन
झापा । पूर्वीनाका काँकडभिट्टाबाट भारत, बङ्गलादेशलगायत देशसँग हुने व्यापारघाटा रु २० अर्ब ३५ करोड ३० लाख ४० हजार पुगेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कानुसार गत आर्थिक वर्ष २०८०/८१ मा रु ४४ अर्ब ७५ करोड ६६ लाख ९४ हजार बराबरको आयात हुँदा रु २४ अर्ब ४० करोड ३६ लाख ५४ हजार बराबरको मालवस्तु निर्यात भएको हो ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार पछिल्लो दुई वर्षमा आयात तीन दशमलव ४८ प्रतिशतलले कम हुँदा निर्यात भने १० दशमलव ७१ प्रतिशतले बढेको छ । उनका अनुसार आव २०७९/८० मा रु ४६ अर्ब ३७ करोड १३ लाख ३४ हजार आयात र रु २२ अर्ब चार करोड १८ लाख ९३ निर्यात रहेको थियो ।
गत आवमा पेट्रोलियम पदार्थ चार दशमलव ५१ प्रतिशत, जुट सात दशमलव २५ प्रतिशत, जिप्सम छ दशमलव ५७ प्रतिशत, तरकारी १७ दशमलव ८५ प्रतिशत, अलडिड रेजिन पाँच दशमलव ६९ प्रतिशतले आयात घटेको सूचना अधिकारी कँडेलले जानकारी दिए । मेसिनरी उपकरण ६६ दशमलव १० प्रतिशत, दाल १८ दशमलव छ प्रतिशत, इलेक्ट्रिक उपकरण ३० दशमलव ३४ प्रतिशत र फलाम २२ दशमलव प्रतिशतले आयात बढेको छ ।
मेची भन्सार कार्यालयबाट निर्याततर्फ सबैभन्दा धेरै भेनियस सिट एक हजार दुई सय ५३ दशमलव ९७ प्रतिशतले बढ्दा प्लाइउड ५५ दशमलव ३८ प्रतिशत, छुर्पी २९ दशमलव ७९ प्रतिशत, अम्रिसो ३० दशमलव १२ प्रतिशत, अदुवा–सुठो २१ दशमलव ६८ प्रतिशतले निर्यात बढेको छ । अलैँची, चिया, धातुका अन्य अवशेषको निर्यात भने घटेको मेची भन्सार कार्यालयले जनाएको छ । सूचना अधिकरी कँडेलका अनुसार गत आव २०८०/८१ मा मेची भन्सार कार्यालयले रु १४ अर्ब २३ करोड ५२ लाख ६० हजार राजस्व सङ्कलन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण