राज्यहरूलाई खनिज र खानीमा कर लगाउने अधिकार छ : भारतीय सर्वोच्च अदालत
नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले आफ्नो एउटा निर्णयमा खनिज र खानीमा कर लगाउने अधिकार राज्यलाई रहेको बताएको छ । ओडिशा र झारखण्ड जस्ता राज्यहरूले संविधान अनुसार यो अधिकार राज्यहरूको मात्र हुन्छ भनेका थिए ।
तर, केन्द्र सरकार र विभिन्न खानी कम्पनीहरूले यसको विरोध गर्दै आएका थिए । उत्खननका लागि केन्द्र सरकारले तोकेको रोयल्टी मात्रै मान्य हुने र राज्यलाई कर लगाउने अधिकार नभएको उनीहरूको तर्क थियो ।
सन् १९८९ मा सात जना न्यायाधीशको इजलासले खानीमा लगाइने रोयल्टी एक प्रकारको कर हो भन्ने फैसला गरेको थियो । त्यसैले राज्यलाई कर लगाउने अधिकार छैन । उक्त निर्णयलाई बिहीबार सर्वोच्च अदालतको ९ सदस्यीय इजलासले ८–१ ले खारेज गरेको हो ।
खनिज अधिकारमा कर लगाउने अधिकार राज्यमा रहेको सर्वोच्च अदालतले आफ्नो फैसलामा बताएको छ । ‘राज्यको विधानसभासँग खनिज भएको जमिनमा कर लगाउने विधायक अधिकार छ,’ अदालतले भनेको छ । रोयल्टी करको रूप नभएको पनि स्वीकार गरिएको छ । संसद्लाई खनिज अधिकारअन्तर्गत कर लगाउने अधिकार नभएको पनि इजलासले बताएको छ । तर यसले राज्यको कर लगाउने सीमा तोक्न भने सक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण