मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत पाएको छ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा आज सार्वजनिक मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत पाएको बताएका छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्राडा शिवराज अधिकारीको शपथ समारोहमा उनले उक्त भनाइ राखेका हुन् ।
“आज सार्वजनिक मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत मिल्नु राम्रो कुरा हो । हामीले अब तीव्र गतिका साथ काम गरेर सबै नेपालीको क्षमता वृद्धि गर्नुपर्छ”, आयोगका नवनियुक्त उपाध्यक्ष तथा सदस्यहरूलाई बधाई र शुभकामना दिँदै उनले भने, “तपाईँहरूको कार्यकाल देशको समग्र विकासको योजना कार्यान्वयनमा नमुनायोग्य बन्न सकोस् । नयाँ उचाइ हासिल हुन सकोस् ।”
प्रधानमन्त्री ओलीले मुलुकको मनोबल कमजोर भएका बेला १६औँ आवधिक योजना बनेकाले समृद्ध नेपालका हाम्रा नीति, योजना र गन्तव्यलाई बहुपक्षीय योजनासँग तालमेल गरेर जानुपर्नेमा जोड दिए । यसैगरी उनले उत्पादन वृद्धि र मानवीय एवं भौतिक विकासलाई एकैसाथ अगाडि लैजान नवनियुक्त पदाधिकारीलाई भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन पालिकालाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
-
किसान बचाउन ६ लाख बाँदर मार्नुपर्छ, जेल जान पनि डराउँदिनँ: सांसद राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण