लुम्बिनी प्रदेशका मुख्यमन्त्रीद्वारा माला निषेध
शुक्रबार, ११ साउन २०८१, २० : ४९
बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले भेट गर्न र बधाई दिन आउने व्यक्तिहरूबाट खादा, माला, अबिर नलगाउने निर्णय गरेका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनको सचिवालयले खादा, माला, अबिर नलगाउन निषेध गरेको सूचना टाँस गरेको छ ।
शपथ ग्रहण तथा पदभार ग्रहण गर्दा उनले खादा, माला पहिरिएको भएपनि अन्य दिनको भेटघाटमा यस्तो कार्य नगर्न सूचना जारी गरिएको उनको सचिवालयको भनाइ छ ।
यस्तै नवनियुक्त मुख्यमन्त्री आचार्यले यात्राको क्रममा सुरक्षा निकायबाट गरिने स्कर्टिङ्गलाई घटाएको सचिवालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण