पाकिस्तानलाई हराउँदै श्रीलंका महिला एसिया कपको फाइनलमा, भारतसँग भिडन्त पक्का
शुक्रबार, ११ साउन २०८१, २२ : ५३
काठमाडौँ । महिला एसिया कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा श्रीलंका प्रवेश गरेको छ । शुक्रबार राति सम्पन्न सेमिफाइनल खेलमा पाकिस्तानलाई तीन विकेटले हराउँदै श्रीलंका फाइनलमा प्रवेश गरेको हो ।
श्रीलंकाको डम्बुलामा पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य घरेलु टोलीले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।
श्रीलंकाले अब उपाधिका लागि भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा बंगलादेशलाई १० विकेटले हराउँदै फाइनलको यात्रा गरेको थियो । भारत र श्रीलंकाबीचको फाइनल खेल आइतबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण