सन् २०२५ को एसिया कप क्रिकेट भारतमा, टी–२० ढाँचामा खेलाइने

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको आगामी संस्करण भारतमा आयोजना हुने भएको छ । एसियाली क्रिकेट काउन्सिल (एसीसी) स्रोतका अनुसार, एसिया कपको आगामी संस्करण टी–२० ढाँचामा खेलाइने भएको छ ।
आगामी एसिया कप सन् २०२५ मा आयोजना हुनेछ । एसिया कपको अघिल्लो संस्करण पाकिस्तान र श्रीलंकामा संयुक्त रुपमा आयोजना भएको थियो । प्रतियोगिताको उपाधि भने भारतले जितेको थियो । भारतले फाइनलमा सह–आयोजक श्रीलंकालाई १० विकेटले हराएको थियो ।
एसिया कपको अघिल्लो संस्करणमा नेपालले पनि सहभागिता जनाएको थियो । सन् २०२७ को एसिया कप भने बंगलादेशमा आयोजना हुने बताइएको छ । सन् २०२७ को एसिया कप भने एकदिवसीय ढाँचामा खेलाइने छ ।
आईसीसी टी–२० विश्वकपको आगामी संस्करण सन् २०२६ मा आयोजना हुने भएकाले सन् २०२५ को एसिया कप पनि टी–२० ढाँचामा खेलाउन लागिएको हो । सन् २०२७ को एकदिवसीय विश्वकपलाई ध्यानमा राखी बंगलादेशमा आयोजना हुने एसिया कप पनि एकदिवसीय ढाँचामा खेलाउन लागिएको समाचारमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन क्षेत्रमा आन्तरिक तथा बाह्य लगानी भित्र्याउन हरेक स्थानीय तहले पहल गर्नुपर्छ : अध्यक्ष ढकाल
-
गाउँगाउँमा राष्ट्रिय परिचयपत्र शिविर
-
गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव सुरू
-
निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन् : अर्थमन्त्री पौडेल
-
पोखरा विमानस्थल छानबिन प्रतिवेदन : तथ्य एकातिर, निष्कर्ष अर्कैतिर
-
मुलुकी अपराध संहिताको मस्यौदामा व्यापक छलफल आवश्यक : उपाध्यक्ष घिमिरे