बम्बई उच्च अदालतले पतञ्जलि आयुर्वेदमाथि लगायो जरिवाना
नयाँ दिल्ली । भारतकाे बम्बई उच्च अदालतले योग गुरु बाबा रामदेवको कम्पनी पतञ्जलि आयुर्वेदलाई चार करोड रुपैयाँ भारुकाे जरिवाना लगाएको छ । अगस्त २०२३ मा दिएको आदेशको अवज्ञा गरेको भन्दै यो जरिवाना लगाएको हो । बम्बई उच्च अदालतले अगस्ट २०२३ मा पतञ्जलि आयुर्वेदलाई कपूर उत्पादनको बिक्रीमा प्रतिबन्ध लगाउन आदेश दिएको थियो ।
मंगलम अर्गानिक्सले गत वर्ष एक याचिका दायर गरी पतञ्जलिका कपूर उत्पादनहरूले यसको ट्रेडमार्क उल्लङ्घन गरिरहेको बताएको थियो । यस याचिकाको सुनुवाइ गर्दै उच्च अदालतले पतञ्जलिलाई कपूरका उत्पादनहरू बिक्री नगर्न आदेश दिएको थियो । अदालतको फैसलापछि पनि पतञ्जलिले कपूर उत्पादन बिक्री जारी राखेको निवेदकको दाबी छ ।
जुलाई २ मा पतञ्जलिले अदालतमा माफी माग्दै अदालतको फैसला पालना गर्ने बताएको थियो । तर कम्पनीले माफी मागे पनि कपूर उत्पादनको बिक्री जारी राखेको भन्दै उच्च अदालतले पतञ्जलिलाई ४ करोड रुपैयाँ जरिवाना तिर्न आदेश दिएको छ । अदालतले यो जरिवाना तिर्न पतञ्जलिलाई दुई साताको समय दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण