मिस युनिभर्स नेपाल २०२४ को शीर्ष ३५ को अडिसन सम्पन्न
काठमाडौँ । मिस युनिभर्स नेपाल २०२४ को शीर्ष ३५ प्रतिस्पर्धीको अडिसन सम्पन्न भएको छ । हिल्टन काठमाडौँमा आज आयोजित अडिसनमा प्रिलिमिनरी राउन्डबाट छानिएका ६० जना मध्ये ३५ जनालाई अन्तिम प्रतिस्पर्धाको लागि छनोट गरिएको हो ।
अडिसनको निर्णायक मण्डलमा लोकप्रिय गायिका इन्दिरा जोशी, मिस युनिभर्स नेपाल २०२२ सोफिया भुजेल र कोरियोग्राफर दिक्पाल कार्की रहेका थिए । त्यस्तै मिस युनिभर्स नेपालका नेसनल डिरेक्टर संगीता पुरी र आयोजक ग्लोबल ग्ल्यामर भेन्चरका सिइओ एवम् प्रेसिडेन्ट सबी पुरीले निर्णायकको रूपमा अडिसन लिएका थिए । अडिसनमा अन्तर्राष्ट्रिय इमेज कन्सल्ट्यान्ट एवम पेजेन्ट कोच एलेक्जेन्डर गोन्जालेज र पेजन्ट एनलिस्ट लुइस पोर्तेलिसले भने अनलाइन मार्फत सहभागिता जनाएका थिए ।
अडिसनमा ट्रान्सजेन्डर, विवाहित, गैर नेपाली महिलाहरू लगायत डाक्टर, इन्जिनियर, पाइलट जस्ता विभिन्न पृष्ठभूमिका व्यक्तिहरूको उत्साहजनक र समावेशी सहभागिता रहेको थियो । आजको फिजिकल अडिसनमा उपस्थित हुन नसकेका केही गैर नेपाली महिलाहरूको भने अनलाइनमार्फत अडिसनमा लिइने आयोजकले जानकारी दिएको छ । अडिसनमार्फत छनोट भएका शीर्ष ३५ प्रतिस्पर्धीको नतिजा ३ दिन पश्चात् मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ ।
अडिसनमार्फत छनोट भएका शीर्ष ३५ प्रतिस्पर्धीहरूले फिनालेको लागि प्रशिक्षण तयारीमा भाग लिनेछन् । उनीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट व्यक्तित्व विकास, वाककला, पब्लिक स्पिकिङ, आर्थिक व्यवस्थापन लगायत विभिन्न जीवन उपयोगी सीपहरू सिकाइनेछ ।
मिस युनिभर्स नेपाल २०२४ को ग्रान्ड फिनाले आगामी सेप्टेम्बरको पहिलो हप्ता हुँदैछ । विजेताले नोभेम्बरमा मेक्सिकोमा हुने मिस युनिभर्स २०२४ को लागि १०० देशका प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धा गर्नेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण