आदित्यनाथ सरकारले गर्यो धर्म परिवर्तनको कानुन, आजीवन कारावास हुने
उत्तर प्रदेश । भारतको उत्तर प्रदेशमा योगी आदित्यनाथ सरकारले मंगलबार यूपी गैरकानुनी धार्मिक धर्म परिवर्तन निषेध (संशोधन) विधेयक २०२४ विधान सभामा पारित गरेको छ।
यो विधेयकमार्फत सरकारले जबरजस्ती धर्म परिवर्तन गराउनेलाई जन्मकैदको व्यवस्था गरेको छ । यसअघि १ देखि १० वर्षसम्म कैदको व्यवस्था थियो ।
यसमा पहिले नै परिभाषित अपराधको सजाय दोब्बर गरिएको छ भने नयाँ अपराध पनि समावेश गरिएको छ जसमा आजीवन कारावासको व्यवस्था छ ।
यस ऐन अन्तर्गत धर्म परिवर्तनका लागि रकमलाई अपराधको दायरामा ल्याइएको छ । यसमा स्वदेशी वा विदेशी कुनै पनि संस्थाबाट आर्थिक सहयोग लिने अपराधको दायरामा आएको छ, जसमा जन्मकैदको व्यवस्था पनि छ ।
कसैले कसैलाई धर्म परिवर्तन गराउन धम्की दिएमा वा जनधनको क्षति पुर्याएमा उसलाई पनि अपराधको दायरामा ल्याइएको छ । साथै जबरजस्ती विवाह वा ठगी गरेर विवाह गर्नेलाई पनि यो विधेयकमा समावेश गरिएको छ । अदालतले पीडितको उपचार खर्च र पुनर्स्थापनाका लागि जरिवानाको रकम तोक्न सक्नेछ । सरकारले भनेको छ, "महिलाको अपराध, मर्यादा र सामाजिक स्थितिको संवेदनशीलतालाई ध्यानमा राख्दै, महिलाको गैरकानुनी धर्म परिवर्तन, एससी-एसटी आदिलाई रोक्न, सजाय र जरिवानालाई अझ कडा बनाउन आवश्यक छ भन्ने महसुस भयो। त्यसैले यो विधेयक ल्याइएको हो ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण