देशका विभिन्न स्थानमा ९ जना मृत फेला
काठमाडौँ । देशका विभिन्न स्थानमा ९ जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँ महानगरपालिका–२६ नयाँ बसपार्क भित्र ३ नम्बर गेट नजिक विगत २ महिनादेखि पार्किङ गरी राखेको बा २ ख २३४४ नम्बरको बसमा सुनसरी इटहरी उपमहानगरपालिका–१३ घर भएका ३७ वर्षीय प्रह्लाद अधिकारी मृत अवस्थामा फेला परेका छन् ।
यता नवलपरासी पश्चिम, प्रतापपुर गाउँपालिका–६ रेतास्थित बाटो छेउमा भारत घर भएकी ६५ वर्षीय सुभावती चमार मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी नवलपरासी पश्चिम, सरावल गाउँपालिका–४ ठुलो बडसारेस्थित पुल मुनी बर्दघाट नगरपालिका-७ बस्ने ६० वर्षीय बर्मा थारू मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
उदयपुर, त्रियुगा नगरपालिका-६ चुरे सामुदायिक जंगलस्थित सडक छेउमा सोही नगरपालिका(६ मोहनपुर बस्ने ३२ वर्षीय जीवन गुरागाई मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
जाजरकोट, भेरी नगरपालिका–२ नाउलीस्थित सडकमा कुशे गाउँपालिका–५ दम्दला बस्ने ६८ वर्षीय लालबिर मल्ल मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
दोलखा, भिमेश्वर नगरपालिका–६ बिमिरे बस्ने ६० वर्षीय राम बहादुर तामाङ सोही ठाउँस्थित पानीको कुलोमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
कञ्चनपुर, बेदकोट नगरपालिका–१० नयाँ गाउँस्थित सडकमा सोही नगरपालिका–१० बस्ने २३ वर्षीय प्रबिन डगौरा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै अर्घाखाँची, शितगंगा नगरपालिका–१४ विक्रम बस्ने ७१ वर्षीय जुद्ध बहादुर सोमै सोही ठाउँस्थित नहरको कलभटमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
सर्लाही, पर्सा गाउँपालिका–५ स्थित सपहा खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण