अनुसूचित जाति र जनजातिलाई उप–श्रेणीमा आरक्षण दिन सकिने
नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले अनुसूचित जाति र अनुसूचित जनजातिलाई उप–श्रेणीहरूमा आरक्षण दिन सकिने बताएको छ ।
बिहीबार सात न्यायाधीशको बिचमा सुनाइएको यस फैसलाको पक्षमा ६ र विपक्षमा १ जना देखिएका थिए । योसँगै सोही अदालतले अनुसूचित जाति र अनुसूचित जनजातिको आरक्षणमा उप–श्रेणी बनाउन नसकिने भन्दै सन् २००४ मा गरेको निर्णय उल्टिएको हो ।
सन् २००६ मा पन्जाब सरकारले एक कानुन पारित गरेको थियो, जस अन्तर्गत अनुसूचित जाति भित्रको आधा सिटमा दुई जातिलाई प्राथमिकता दिने प्रावधान थियो । यसअघिको कानुनमा अनुसूचित जातिभित्र आधा सिटमा आरक्षणको व्यवस्था थियो । यसलाई पन्जाब र हरियाणा उच्च अदालतले खारेज गरेका थिए ।
अनुसूचित जाति र जनजाति एउटै वर्गमा नआउने र राज्यले चाहेमा तथ्यांकका आधारमा उप–श्रेणी बनाउन सक्ने प्रधानन्यायाधीश डी.वाई. चन्द्रचुड र न्यायाधीश मनोज मिश्रले फैसला गरेका हुन् । फैसलामा चारजना न्यायाधीशहरूले सहमति जनाएका थिए भने न्यायाधीश बेला त्रिवेदीले मात्रै असहमति जनाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण