मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय छुटाउन प्रहरी कार्यालयमा तोडफोड गर्ने गाउँपालिकाकी उपाध्यक्ष पक्राउ

सोमबार, २४ वैशाख २०७५, १७ : ३५
सोमबार, २४ वैशाख २०७५

पर्सा । पर्साको जिरा भवानीपुर गाउँपालिकाकी उपाध्यक्ष उषा चौधरी पक्राउ परेकी छिन् । ईलाका प्रहरी कार्यालय सेढवामा सोमबार बिहान प्रतिक्षालय तोडफोड र प्रहरीको मोटरसाईकल आगजनीमा संलग्न रहेको भन्दै जिल्ला प्रहरी कार्यालय पर्साले चौधरीलाई नियन्त्रणमा लिएको हो ।

‘सोमबार विहानको घट्नाको मुख्य योजनाकार उषा चौधरी रहेको खुलेको छ,’ जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख (एसपी) डा. गणेश रेग्मीले भने, ‘सार्वजनिक अपराध मुद्दमा म्याद लिएर कारवाही गर्छौँ ।’

पर्साको जिरा भवानीपुर गाउँपलिका–१ चिनीमिलचोकमा स्थानिय र प्रहरीबीच झड्प हुँदा सोमबार विहान गोली चलेको थियो । मादक पदार्थ सेवन गरेर एउटै मोटरसाईकलमा सवार चार भारतीय नागरिक र दुई जना मोवाइल चोरलाई छुटाउन ईलाका प्रहरी कार्यालय सेढुवा पुगेकी जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष उषा चौधरीको नेतृत्वमा रहेका स्थानीय र प्रहरीबिच झडप हुँदा पाँच प्रहरी घाईते भएका थिए ।

 उपाध्यक्ष चौधरीकै निर्देशन र उक्साहटमा इलाका प्रहरी कार्यालय सेढवामा आक्रमण भएको प्रहरीको ठहर छ ।  

दुई सय ५० जनाभन्दा बढी स्थानियको नेतृत्व गरेर ईलाका प्रहरी कार्यालय पुगेकी चौधरीको समूहले स्थानियले प्रहरीको बा २ ब ५७०५ नम्बरको सरकारी मोटरसाईकल र पाडेपुरको ना १४ प ४५७७ नम्बर मोटरसाईकल जलाइदिएका थिए । जिल्ला प्रहरी कार्यालय पर्साको गाडी समेत स्थानियले तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

भारतको बेतिया जिल्ला भंगहा थाना अन्तर्गत पर्ने शिशवा निवासी बजरंगी गौरो, रामप्रबेश गौरो, बिष्णु भर गौरो,  दिनदयाल महतो लाई चेकजाँचका क्रममा मापसे गरेको र भारतिय नम्बर प्लेटको मोटरसाईकलमा चार जना सवार रहेको फेला पारेपछी आईतबार साँझ प्रहरीले नियन्त्रणमा लिएको थियो ।

मोवाईल चोरीमा संलग्न भएको आरोपमा पक्राउ परेका सुपा लामा र दिनेश लामा समेतलाई छोडीदिन चौधरीले दवाव दिएपनि प्रहरीले उनको आग्रह अस्विकार गरेपछी स्थिति नियन्त्रण बाहिर गएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमित अग्रवाल
अमित अग्रवाल

 अग्रवाल रातोपाटीका पर्सा जिल्ला प्रतिनिधि हुन् ।

लेखकबाट थप