सन्दीप र दीपेन्द्रको टोली रोहितको टोलीसँग पराजित
ब्राम्पटन । सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीको टोली भ्यानकुभर नाइट्स नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलको टोली टोरोन्टो नेसनल्ससँग पराजित भएको छ । ग्लोबल टी–२० क्यानडा २०२४ अन्तर्गत शनिबार भएको खेलमा टोरोन्टो १९ रनले विजयी भएको हो ।
टोरोन्टोले प्रस्तुत गरेको १ सय २८ रनको लक्ष्य पछ्याउँदा भ्यानकुभर १८.५ ओभरमा १ सय ८ रन बनाउँदै अलआउट बन्न पुग्यो । टोलीका लागि रिची बेरिङटनले सर्वाधिक ५२ रन बनाए ।
खेलमा दीपेन्द्रले खासै कमाल गर्न सकेनन् । उनी १२ बलमा १३ रन जोड्दै पभिलियन फर्कन बाध्य भए । सन्दीप पनि ३ बल सामना गर्दै शून्य रनमा आउट भए ।
यसअघि पहिले ब्याटिङ गरेको टोरोन्टोले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २७ रन बनाएको थियो । कप्तान रोहित भने सुरुवात ११ मा अटाउन सकेनन् ।
बलिङमा सन्दीपले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए । दीपेन्द्रले २ ओभर बलिङ गरेका थिए । उनले १६ रन खर्चेर कुनै विकेट लिन सकेनन् ।
भ्यानकुभर ६ खेलपछि अझै जितविहीन रहेको छ । मात्र १ अङ्कसहित टोली अङ्कतालिकामा पुछारमा छ । उता, टोरोन्टो ६ खेलबाट ७ अङ्क बटुल्दै दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण