यात्रीको टाउकोमा जुम्रा देखेपछि विमानको आकस्मिक अवतरण
वाशिङटन डीसी । अमेरिकन एयरलाइन्सको उडानमा एउटा अनौठो घटना भएको छ । एक महिला यात्रीको टाउकोमा जुम्रा देखेपछि न्यूयोर्कबाट लस एञ्जलस उडेको विमानलाई फिनिक्समा आपत्कालीन अवतरण गराइएको छ ।
एथन जुडेलसन नाम गरेका एक यात्रीले टिकटकमा आफ्नो यो अनुभव शेयर गरेका छन् । भिडियोलाई १२ लाखभन्दा धेरै पटक हेरिएको छ । विमानमा उपस्थित चालक दलका सदस्यहरूले आकस्मिक अवतरणबारे खासै जानकारी दिएका थिएनन् । जसले गर्दा यात्रीहरू अक्क न बक्क परेका थिए ।
‘मैले वरपर हेरेँ, कोही पनि विमानको भुँइमा थिएनन् न त कोही आत्तिएकै थिए । मलाई लाग्यो, त्यस्तो डरलाग्दो त केही पनि होइन रहेछ । हामी विमानबाट बाहिर निस्क्यौँ,’ जुडेल्सनले भिडियोमा भनेका छन् । बाहिर निस्कने बित्तिकै अरु यात्रुहरूले एक महिला यात्रीको टाउकोमा जुम्रा हिँडिरहेको देखेको भनेर कुरा गरिरहेका थिए ।
विमानमा सवार दुई जना केटीले एक महिला यात्रीको टाउकोमा जुम्रा हिँडिरहेको देखेको भनेर फ्लाइट अटेन्डेन्टलाई सूचना दिएपछि मेडिकल इमर्जेन्सीका कारण विमान अपर्झट अवतरण गराइएको थियो । तर विमान अवतरण गरिएको १२ घण्टापछि मात्रै यात्रुहरूलाई इमेलमार्फत यसको कारण बताइएको टिकटक भिडियोमा जुडेलसनले भनेका छन् । यस घटनाबारे अमेरिकन एयरलाइन्सले कुनै विज्ञप्ति जारी भने गरेको थिएन । सबै यात्रुहरूलाई पछि लस एन्जलस सुरक्षित पुर्याइएको थियो । यो घटना यही जुन १५ को हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण