भारतसँग हारेको नेपाली टिमलाई प्रधानमन्त्रीको सान्त्वना
काठमाडौँ । काभा महिला भलिबल नेसन्स लिगमा भारतसँग हारेको नेपाली टिमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सान्त्वना दिएका छन् । बुधबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा नेपाल भारतसँग ३–२ सेटले पराजित भएपछि प्रधानमन्त्री ओलीले सान्त्वना दिएका हुन् ।
ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मन्त्रिपरिषद्को आकस्मिक बैठकका कारण आज भएको काभा वुमन्स नेसन्स लिग भलिबल प्रतियोगिताको फाइनल हेर्न जान पाइनँ । तेस्रो चरणदेखि मात्र खेलको लाइभ हेरेँ । नेपाली टोलीको उत्कृष्ट प्रदर्शन हुँदाहुँदै पनि हामीले जित्न सकेनौँ । तीन नम्बर जर्सी लगाएकी सरस्वती चौधरीको प्रदर्शन उत्कृष्ट लाग्यो । एक पटकको हार सधैँको हार होइन, हामी जित्ने छौँ । धन्यवाद नेपाली टिम !’
पहिलो सेटमा नेपाल २५–२३ अंकले विजयी भएको थियो भने दोस्रो सेटमा भारतले नेपाललाई २५–१४ अंकले पछि पारेको थियो । यस्तै तेस्रो सेटको खेलमा नेपालले भारतलाई २५–२२ अंकले पछि पारेको हो । चौथो सेटको नतिजालाई भारतले आफ्नो पक्षमा पारेको थियो । पाँचौँ सेटमा भारतले नेपाललाई हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण