भारतविरुद्ध श्रीलंकालाई ऐतिहासिक शृङ्खला
कोलम्बो । अन्तिम खेलमा भारतलाई हराउँदै श्रीलंकाले एक दिवसीय शृङ्खलामाथि कब्जा जमाउन सफल भएको छ । १ सय १० रनको शानदार जित हासिल गर्दै श्रीलंकाले २–० ले शृङ्खला जितेको हो ।
यसअघि श्रीलंकाविरुद्ध लगातार १० वटा शृङ्खला जितेको भारतले सन् २००७ पछि पहिलोपटक हार बेहोर्न बाध्य बनेको छ । भारतविरुद्ध श्रीलंकाले पछिल्लोपटक सन् १९९७ मा एकदिवसीय शृङ्खला जितेको थियो ।
श्रीलंकाले प्रस्तुत गरेको २ सय ४९ रनको लक्ष्य पछ्याउँदा भारत २६.१ ओभरमा १ सय ३८ रनमा समेटियो । भारतलाई सस्तोमा समेट्न दुनिथ वेलालागेले घातक बलिङ प्रदर्शन गरे । उनले ५.१ ओभरमा मात्र २७ रन खर्चेर ५ विकेट लिए ।
भारतका लागि कप्तान रोहित शर्माले २० बलमा सर्वाधिक ३५ रनको योगदान दिए । वासिङ्टन सुन्दरले २५ बलमा ३० रन तथा विराट कोहलीले १८ बलमा २० रन जोडे ।
रियान परागले १५ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । श्रीलंकाका लागि माहिष थिकसाना र जेफ्रे भान्डरसेले २–२ विकेट हात पारे ।
यसअघि अभिष्का फार्नान्डोको शानदार ९६ रनको मद्दतले श्रीलंकाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ४८ रन बनाएको थियो । फर्नान्डोले १ सय २ बलमा ९ चौका र २ छक्का हिर्काए ।
उनले पाथुम निशंकासँग मिलेर पहिलो विकेटका लागि ८९ रन जोडे । निशंकाले ६५ बलमा ४५ रनको योगदान दिए ।
त्यस्तै, कुशल मेन्डिसले ८२ बलमा ५९ रन बनाए । खेलको अन्त्यतिर कामिन्दु मेन्डिसले १९ बलमा २३ रन जोडे ।
भारतका लागि रियान परागले ३ विकेट लिए भने मोहम्मद सिराज, अक्षर पटेल, वासिङ्टन सुन्दर र कुलदीप यादवले १–१ विकेट लिए ।
तीन खेलको शृङ्खलाको पहिलो खेल बराबरीमा सकिएको थियो भने दोस्रो खेल श्रीलंकाले ३२ रनले जितेको थियो । यसअघि भएको टी–२० शृङ्खलाले भने भारतले सजिलै जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण