कजारिया टायल्सद्वारा कारखानाको किल्न लाइट अप उद्घाटन
भैरहवा । कजारिया रमेश टायल्स लिमिटेडले भैरहवामा नयाँ अत्याधुनिक उत्पादन केन्द्रको किल्न लाइट अप (भट्टी प्रज्वलन) सफलतापूर्वक उद्घाटन गरेको छ । कजारिया सेरामिक्स लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक अशोक कजारियाको प्रमुख उपस्थितिमा उद्घाटन गरिएको हो।
बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठ र बर्दघाट नगरपालिका वडा नम्बर १२ का अध्यक्ष उमाशंकर चौधरीले कार्यक्रममा सहभागी हुँदै शुभकामना तथा बधाई दिए । यस अत्याधुनिक प्रविधिले सुसज्जित कारखानाले कम्पनीलाई बजारको माग अनुसार व्यापक दायरामा उत्पादन गर्न सक्षम बनाउने कम्पनीले बताएको छ । यसले नेपालमा उच्च गुणस्तरका टायलको माग पूर्ति सँगै मूल्य सहज हुँदा उपभोक्तासमेत लाभमा रहने अपेक्षा कम्पनीले गरेको छ ।
‘नेपालमा नयाँ उत्पादन केन्द्र स्थापना भएको प्रति हामी निकै गौरवान्वित भएका छौँ,’ कजारिया सेरामिक्स लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक अशोक कजारियाले भने । कजारिया रमेश टायल्स लिमिटेड, रमेश कर्प र भारतको अग्रणी टायल निर्माता कम्पनी कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उत्पादन हो । यसै सहकार्य मार्फत नेपालको सबैभन्दा ठुलो टायल निर्माण कारखाना नवलपरासीमा स्थापना भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
-
पहिलो हाफमा नर्वेलाई अग्रता, आइभरी कोस्टले पायो ९ कर्नर किक
-
आइभरी कोस्टविरुद्ध नर्वेलाई अग्रता, नुसाले गरे गोल
-
जर्मनीकी विकासमन्त्रीसँग राप्रपा सांसद ओलीको भेट
-
एन्फा पूर्व अध्यक्ष शेर्पा हाजिर जमानीमा रिहा
-
एकैपटक हवाई इन्धनको मूल्यमा भारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण