केजरीवालले सर्वोच्च अदालतबाट पाएनन् अन्तरिम जमानत
नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानत दिन अस्वीकार गरेको छ । अब यस मामिलामा अगस्ट २३ मा अर्को सुनुवाइ हुने भएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार सर्वोच्च अदालतले यस मामिलामा सीबीआईलाई नोटिस पनि जारी गरेको छ । ‘हामी अन्तरिम जमानत दिइरहेका छैनौँ । हामी नोटिस जारी गर्नेछौँ ।’ न्यायाधीश सूर्यकान्त र उज्ज्वल भुयनको इजलासले केजरीवालको तर्फबाट उपस्थित वरिष्ठ वकिल अभिषेक मनु सिंघवीलाई भने ।
केजरीवालको जेल सजायलाई कायम राख्ने दिल्ली उच्च अदालतको आदेशलाई चुनौती दिने याचिकाको सन्दर्भमा यो सूचना जारी गरिएको हो । सीबीआईले अगस्ट २३ सम्ममा सर्वोच्च अदालतमा जवाफ पेस गर्नुपर्नेछ । अरविन्द केजरीवाललाई दिल्लीको मदिरा नीतिमा भएको कथित घोटालासँग सम्बन्धित मुद्दामा मार्च २१ मा ईडीले पक्राउ गरेको थियो । जेलमा रहँदा भ्रष्टाचारको मुद्दामा उनलाई सीबीआईले पनि पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण