झापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
बुधबार, ३० साउन २०८१, १२ : ५९
झापा । झापामा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । मेचिनगर नगरपालिका-१३ कालिझोडास्थित सडकमा बिर्तामोडबाट चारआलीतर्फ आउँदै गरेको गरेको मे.६ प ८३२० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मंगलबार राति मृत्यु भएको हो ।
मृत्यु हुनेमा हाल नाम, थर वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इक्वेडरलाई सजिलै हराउँदै सह-आयोजक मेक्सिको अन्तिम १६ मा
-
ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन
-
देशभरका साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन अपिल
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण