शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

संसदका दुई संयुक्त समितिमा सभापति चयन आज

बिहीबार, ३१ साउन २०८१, ०८ : ०१
बिहीबार, ३१ साउन २०८१

काठमाडौँ । सङ्घीय संसद्को दुई संयुक्त समितिमा आज सभापति चयन हुने भएको छ ।  यसअघि नै दुई संयुक्त समितिको सभापतिका लागि उम्मेदवारी दर्ता भइसकेको छ ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेकपा एमालेका सांसद ठाकुर गैरेको उम्मेदवारी परेको छ भने संसदीय सुनुवाइ समितिमा कांग्रेसकी ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको छ ।

दुवै समितिको बैठक दिउँसो ३ बजे बस्ने तय भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप