जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई ३ सय शय्या बनाउने प्रक्रिया सुरु
काठमाडौँ । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई तीन सय शय्याको बनाउने प्रक्रिया अघि बढेको छ ।
अस्पतालमा तीन सय शय्या थप गर्नेसम्बन्धी घोषणा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले गत साउन २७ गते आइतबार गरेका थिए ।
सहरी आवास तथा भवन निर्माण विभागबाट प्राप्त अस्पतालमा श्वासप्रस्वाससम्बन्धी उपचार सेवाका लागि तीन सय शय्याको डीपीआर अस्पतालका प्रमुख डा. रामकुमार श्रेष्ठले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेललाई हस्तान्तरण गरेका छन् । डीपीआरमा साढे ५ अर्ब लागतमा निर्माण सम्पन्न हुने उल्लेख छ । मन्त्री पौडेलले डीपीआरअनुसारको निर्माण अघि बढाउन भारतीय दूतावाससमक्ष अनुरोध गरेका छन् ।
दूतावासका तर्फबाट सकारात्मक जवाफ प्राप्त भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापना भएको श्वासप्रस्वाससम्बन्धी देशकै एक मात्र विशिष्टिकृत अस्पतालमा हाल त्यहाँ ५० जनरल वार्ड मात्र छन् । जसका कारण श्वासप्रस्वासका बिरामीको उपचार हुन सकेको छैन ।
डीपीआर आएसँगै अस्पताललाई तीन सय शय्याको र केन्द्रमा सेवा विस्तार गर्न कोशेढुंगा भएको अस्पतालका प्रमुख डा. रामकुमार श्रेष्ठले बताए ।
अब मन्त्रालयको सहयोगमा अस्पताल निर्माणका लागि श्रोत जुटाउने अपेक्षा गरिएको उनले बताए । यसका लागि परराष्ट्र र अर्थ मन्त्रालयमार्फत भारतीय दूतावाससमक्ष प्रस्ताव अघि बढाइएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आफ्नै कार्यकालमा अस्पतालको कामलाई गति दिने घोषणा गरेकाले यसैपालि विस्तारको काम अघि बढ्नेमा उत्साही बनेको डा. श्रेष्ठले बताए । अस्पतालले थप सात सय शय्यासहित एक हजार शय्या बनाउने दीर्घकालीन लक्ष्य राखेको छ । यसका लागिसमेत थप पहल गर्ने मन्त्री पौडेलले प्रतिबद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण