८ वटा सहकारीमा आबद्ध ‘सिते बा’सँग समितिले लियो बयान
शनिबार, ०१ भदौ २०८१, २० : २१
काठमाडौँ । विभिन्न ८ वटा सहकारीमा आबद्ध ‘सिते बा’ भनिने मधुसुदन पाठकसँग सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले बयान लिएको छ ।
समितिका सभापति सूर्य थापाले विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको बचत दुरुपयोगमा संलग्नका रूपमा आरोपित व्यक्तिहरूमध्ये शनिबार उनीसँग बयान लिइएको जानकारी दिए ।
ज्येष्ट वचत तथा ऋण सहकारी संस्थाका सचिव पाठक ८ वटा सहकारी संस्थाहरूसँगआबद्ध छन् । बैठकमा उनले समितिले सोधेका विषयहरुमा जवाफ पेस गरेको बताइएको छ । सिते बा कलाकार समेत हुन् । यस्तै २०७९ मा उनले काठमाडौँ ५ बाट प्रतिनिधिसभा निर्वाचन लडेका थिए ।
समितिले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा विभिन्न व्यक्तिलाई बोलाएर बयान तथा छलफल गर्दै आएको छ । आजै अन्य तीन जनालाई पनि समितिले बोलाएर बयान लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण