वीपी संग्रहालयमा नेविसंघको नाराबाजी
काठमाडौं– काँग्रेस भातृ संगठन नेविसंघ दुई समूहले एकै स्थानमा कार्यक्रम राखेपछि सुन्दरीजलस्थित वीपी संग्रहालयमा कडा सुरक्षा सर्तकता अपनाइएको छ ।
कार्यक्रममा झडप समेत हुन सक्ने भन्दै सुरक्षा सर्तकता कडा बनाएको बताइएको छ ।
वीपी संग्रहालयमा नेबिसंघ सभापति नैन सिंह महरको समुहले प्रशिक्षण कार्यक्रम राखेको छ भने महामन्त्री कुन्दन काफ्ले नेतृत्वको समुहले छलफल तथा अन्तरक्रिया कार्यक्रम राखेको छ ।
सुन्दरीजलस्थित बिपी संग्रहालयमा आयोजना गरिएका दुवै कार्यक्रम बिहान ८ बजे सुरु हुने भनिएपनि अहिलेसम्म सुरु हुन सकेका छैनन् ।

दुवै समूहले आयोजना गरेको कार्यक्रममा अतिथिका रुपमा बोलाइएका केन्द्रीय नेताहरु समेत पुगेका छैनन् ।
प्रशिक्षण कार्यक्रममा लागि आएका विद्यार्थीहरु भित्री हलमा प्रवेश गरेका छन् भने संग्रहालय परिसरमा बनाइएको मञ्च वरपर काफ्ले समुहका विद्यार्थीहरुले नारावाजी गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण