ब्लास्टिङ गर्दा उछिट्टिएको ढुंगा लागेर दुई जनाको मृत्यु, एकजना घाइते
त्रिपुराकोट– यहाँको त्रिपुरासुन्दरी नगरपालिका–६ मा पर्ने चिप्लेभिरमा ब्लास्टिङको क्रममा उछिट्टिएको ढुंगा लागेर दुई कामदारको मंगलबार घटनास्थलमा नै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
जाजरकोट डोल्पा सडकखण्डअन्तर्गत खदाङ त्रिपुराकोट सडकखण्ड निर्माणका लागि चिप्लेभिरमा काम गर्दै आएका रुकुम जिल्ला आठबिसकोट नगरपालिका–१० बस्ने अन्दाजी २१ वर्षीय देवबहादुर चन्द र सोही नगरपालिका–१२ बस्ने अन्दाजी २९ वर्षीय अमृत रानामगरको ब्लास्टिङ गर्दा उछिट्टिएको ढुंगा लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक हरिप्रसाद शर्माले जानकारी दिए ।
सोही नगरपालिका–९ बस्ने ४१ वर्षीय शक्तिबहादुर शाही भने गम्भीर घाइते भएको समेत प्रहरीले जनाएको छ । मृतक दुई जनाको शव घरतर्फ लगिएको र गम्भीर घाइते शाहीलाई उपचारका लागि रुकुम जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण