भोटखोला जाने सडक डेढ महिनादेखि अवरुद्ध, बिरामी र सर्वसाधारण मार्कामा
सङ्खुवासभा । उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका जोड्ने एकुवा खोलाको पक्की पुल बगाएपछि डेढ महिनादेखि यातायात सेवा अवरुद्ध भएको छ ।
उत्तर दक्षिण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा बिरामी र सर्वसाधारण मार्कामा परेका छन् । मकालु गाउँपालिका–३ स्थित एकुवा खोलामा पक्की पुल बगाउँदा भोटखोलाका बिरामी र सर्वसाधारण मार्कामा परेको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले बताए ।
पहिराले मकालु गाउँपालिका–३ र भोटखोला गाउँपालिका–४ को बीचमा रहेको एकुवा खोलाको पुल बगाएको हो । पहिराले पक्की पुल र सडक बगाएपछि जोखिमपूर्ण यात्रामा विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता, बिरामीलाई कठिन भएको गाउँपालिका अध्यक्ष भोटेले बताए ।
गत असारको पहिलो साता मुसलधारे वर्षापछि आएको बाढीपहिराले पुल बगाएको थियो । एम्बुलेन्स चल्न नसक्दा बिरामीलाई उपचारको लागि सदरमुकाम खाँदबारी लैजाने स्थानीयहरूले सास्ती खेप्नुपरेको छ ।
उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडकखण्ड बन्द हुँदा यहाँका बिरामी र सर्वसाधारण सदरमुकाम खाँदबारी आउन समस्या भएको गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले बताए । हिउँदमा खाँदबारीदेखि भोटखोलाको गोलासम्म दैनिक बोलेरो र बसले यात्रुहरू ओसार्छन् । उक्त सडक अवरुद्ध हुँदा करिब १० हजार नागरिक सडक सञ्जालमा जोडिन सकेका छैन ।
पहिराले इकुवा खोलाको २० मिटर लामो पक्की पुल र पिलरसहित बगाउँदा रु चार करोड बढीको क्षति भएको उत्तर दक्षिण कोशी सडक आयोजनाले जनाएको छ । उक्त क्षेत्रमा यातायात सञ्चालन गर्न अझै दुई महिना लाग्ने उत्तर दक्षिण कोशी सडक आयोजनाले जनाएको छ । उक्त पुल विसं २०७९ मा निर्माण गरिएको थियो । पक्की पुल बगाएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा पूर्णरूपमा ठप्प भएको छ ।
यसअघि सदरमुकाम खाँदबारीदेखि भोटखोलाको बरुणसम्मको ८० किलोमिटरसम्म यातायात चल्दै आएको थियो । पहिराले उत्तर–दक्षिण राजमार्गमा पर्ने विभिन्न सडकखण्डमा क्षति पुर्याएको छ । डेढ महिनादेखि यातायात सेवा बन्द हुँदा भोटखोलामा खाद्यान्न सङ्कट आउने अवस्था रहेको गाउँपालिकाले जनाएको छ । भोटखोलाको किमाथाङ्का उच्च हिमाली क्षेत्र भएका कारण त्यहाँ कोदो, मकै र आलुबाहेक खाद्यान्न उत्पादन हुँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिको सिटीमा ठुलो हुरीबतास: मेक्सिको र इक्वेडरबिचको विश्वकप खेल प्रभावित
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण