अझैसम्म प्रमुख प्रतिपक्षीको सुविधा लिँदै कांग्रेस !
विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेशसभाको प्रमुख प्रतिपक्षी दलको हैसियतमा अझै सेवा सुविधा लिइरहेको पाइएको छ । एमाले र कांग्रेसबिच गत असार १७ गते केन्द्र र प्रदेशमा गठबन्धन गर्ने सहमति भएको थियो ।
जसअनुसार केन्द्र र विभिन्न प्रदेशको सरकारमा कांग्रेस सहभागी भइसकेको छ ।
कोशी प्रदेशमा भने आफ्नै पार्टीभित्रको गुटबन्दीको कारण सरकारमा सहभागी हुन नसकेको कांग्रेसले प्रमुख प्रतिपक्षीको रूपमा सेवा सुविधा लिइरहेको पाइएको हो ।
माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले एमाले नेतृत्वको सरकारमा सहभागी हुने भनेर कांग्रेसले सरकारलाई समर्थनसमेत दिइसकेकाले कोशी प्रदेशमा आफ्नो पार्टी प्रमुख प्रतिपक्षी रहेको जिकिर गरे ।
‘उहाँहरुले सरकारलाई समर्थन दिइसक्नु भएको र सरकारमा जाने भागबन्डामा सहमति जनाइसक्नु भएको हुँदा प्रतिपक्षीको रूपमा सेवा सुविधा लिनु उपयुक्त छैन,’ आङ्बोले भने ।
कांग्रेस दलका प्रमुख सचेतक गोपाल तामाङले भने सरकारलाई समर्थन गर्ने घोषणा गरिसकेको भएपनि सरकारमा सहभागी नभएसम्मका लागि प्रमुख प्रतिपक्षको सेवा सुविधा लिन पाउने बताए । ‘सरकारमा सहभागी भएका छैनौँ, त्यतिञ्जेल त हाम्रो पार्टी नै प्रमुख प्रतिपक्षी हो नि,’ तामाङले भने ।
कोशी प्रदेशमा हिक्मतकुमार कार्की नेतृत्वको वर्तमान सरकार गत वैशाख २७ गते निर्माण भएको हो । संविधानको धारा १६८ (५) अनुसार निर्माण भएको उक्त सरकारलाई एमाले, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका सांसदले समर्थन गरेका थिए । असार १७ गते काँग्रेस र एमालेबिच गठबन्धन गर्ने सहमति भएसँगै माओवादी भने सरकारबाट गत साउन ११ गते बाहिरिइसकेको छ । माओवादी सरकारबाट बाहिरिए पनि आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन भने कायमै रहेको जनाएको छ ।
केही दिन अगाडि सभामुख अम्बरबहादुर विष्टले प्रतिक्रिया दिँदै प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलको मान्यता कसलाई दिने भन्ने प्राविधिक समस्या रहेको बताएका थिए । ‘नेपाली कांग्रेसलाई सत्ता पक्षमा राख्ने कि प्रतिपक्षमा ? बसाउनु त पर्यो होला । सरकारमा पनि गएको छैन । फेरि माओवादीले पनि सरकार छोडे पनि समर्थन फिर्ता लिइसकेको अवस्था छैन । यो दुई वटा प्राविधिक कुरा हो,’ विष्टले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिको सिटीमा ठुलो हुरीबतास: मेक्सिको र इक्वेडरबिचको विश्वकप खेल प्रभावित
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण