भारतको औषधि कारखानामा भएको विस्फोटमा मर्नेको सङ्ख्या १७ पुग्यो
नयाँ दिल्ली । भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको एउटा औषधि बनाउने कारखानामा बिहीबार पनि उद्धार कार्य जारी थियो । अघिल्लो दिन अनाकापाल्ली जिल्लामा रहेको इसाइन्शिया एड्भान्स्ड साइन्सेजको कारखानामा विस्फोट भएको थियो ।
सो विस्फोटमा परेर अहिलेसम्म १७ जनाको मृत्यु भएको राज्यका एक वरिष्ठ अधिकारीले बताएका छन् । यस घटनामा करिब ४० जना घाइते भएका थिए । यो हालैका वर्षमा आन्ध्र प्रदेशमा विस्फोटको सबैभन्दा खराब घटना थियो ।
यस मामिलामा इसाइन्सियाले अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले आफ्नो समाचारमा भनेको छ ।
सरकारी अधिकारीहरूले भने कारखानाभित्र रहेको केमिकल रियाक्टरमा विस्फोट भएको आशंका गरेका छन् । विस्फोट मानवीय त्रुटिका कारण भएको हो कि भन्ने निक्र्यौल गर्न आफूहरूले सीसीटिभीको फुटेज स्क्यान गरिरहेको अधिकारीहरूले बताएका छन् । यस घटनामा घाइते भएकाहरूसँग पनि सोधपुछ भइरहेको छ ।
वाफजस्तो चिज उडेपछि विस्फोट भएको सुरुआती छानबिनले देखाएको उद्योग सचिव एन युवराजले भनेका छन् । गएको वर्ष पनि राज्यको सोही जिल्लामा एक औषधि कारखानामा विस्फोट हुँदा २ जनाको मृत्यु भएको थियो भने अरू पाँच जना घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण