कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भदौ १२ गतेसम्म स्थगित
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भदौ १२ गतेसम्मका लागि स्थगित भएको छ । शुक्रबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गरी बैठक भदौ १२ गते बुधवार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको जानकारी दिएका हुन् ।
साउन २३ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि धारणा राख्ने क्रम जारी छ । शुक्रबारको बैठकमा २० जनाले आफ्नो धारण राखेका छन् । बैठकले पोखराबाट काठमाडौँतर्फ आइरहेको युपी ५३ एफटी ७६२३ भारतीय नम्बरको बस तनहुँस्थित मर्स्याङ्दी नदीमा खस्दा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
सो बस दुर्घटनामा बसमा सवार ४३ जनामध्ये २७ जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् । बैठकले रौतहटबाट पोखरातर्फ जाँदै गरेको ग २ ख ४७ नम्बरको बस दुर्घटनाप्रति पनि गहिरो दुःख व्यक्त गरेको छ । सो बस मुग्लिन नारायणगढ सडक खण्डमा पल्टिँदा २५ जना घाइते भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण