कुमार बस्नेतसहित दर्जनौँ कलाकर्मी सम्मानित

काठमाडौँ । वरिष्ठ गायक कुमार बस्नेत, पहिलो रङ्गिन चलचित्रकी नायिका चैत्यदेवी सिंह लगायत समाजको नेपाली चलचित्र, गीतसंगीत, खेलकुद, पत्रकारिता, ब्युटिसियन, समाजसेवा लगायत विभिन्न क्षेत्रमा कार्यरत करिब तीन दर्जन व्यक्ति एकसाथ सम्मानित भएका छन् । लालीगुराँस क्रियसन मिडिया नेपाल, तेजस्वी कलाकेन्द्र एण्ड मिडिया तथा ओजस्वी मल्टिमिडियाले संयुक्त रुपमा एक कार्यक्रम गर्दै ती व्यक्तिहरूलाई सम्मान गरेको हो ।
‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन’ भन्ने नारा सहित आयोजना भएको कार्यक्रममा सम्मानित हुनेमा कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, नेपालको पहिलो नेपाली रङ्गिन चलचित्रकी नायिका चैत्यदेवी सिंह, अग्रज नायक विश्व बस्नेत, लोक गायक कुमार बस्नेत, ड्रमर देव राणा, अभिनेता तथा निर्देशक कमलकान्त मैनाली, वरिष्ठ संगीतकार लक्ष्मण शेष, गायक रोज मोक्तान, गायक तथा अभिनेता यस कुमार, आर्टिष्ट सन्तु तामाङ, अग्रज पत्रकार विजय रत्न तुलाधर, चलचित्रकर्मी निर्देशक राजु केसी, अग्रज पत्रकार सानु काजी श्रेष्ठ, मोडेल सम्झना बुढाथोकी, हास्य कलाकार गायक राजन चौलागाइ खैराते, कलाकार प्रताप हुमागाई, पत्रकार कुबेर गिरी, संगीतकार राजनराज शिवाकोटी, गायिका अस्मिता अधिकारी, गायिका पूर्णकला बिसी, मोडेल आयुश्मा कार्की, गायक आयुस परियार, संगीतकार मदन परियार सुफ्फिक्स, सेक्साफोनिष्ट शिवराज गौतम, तेक्वाण्डो नन्दा बस्याल, भलिबल खेलाडी तथा कोच दीपक थापा, कराँते खेलाडी ज्ञानेन्द्र कुमार श्रेष्ठ, वरिष्ठ मेकअप आर्टिष्ट अशोक रोक्का, सिनियर कस्माटोलोजिष्ट मन्दिरा खड्का हायु, युवा व्यवसायी तथा समाज सेवी सन्दिप्महत लगायत रहेका छन् । सबैलाई सम्मान प्रदान गरिएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सम्मान पत्र प्रदान गरे ।
कार्यक्रममा मन्त्री गुरुङले राष्ट्रले गर्नुपर्ने काम संस्थाले गरेको देख्दा खुसी लागेको बताए । आफूले सानै समयदेखि देखेको कलाकारलाई सम्मान गर्न पाउनु आफ्ना लागि गर्वको कुरो रहेको उनले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'माउन्ट एभरेस्ट'सँग सगरमाथाको कुनै साइनो छैन : प्रधानमन्त्री
-
नागरिक उन्मुक्ति र जनमत पार्टीबिच केही दिन एकता नहुने
-
राष्ट्रिय जनसांस्कृतिक महासङ्घको अध्यक्षमा सुब्बा
-
जानकी मन्दिरमा जानकी जन्मोत्सवका औपचारिक कार्यक्रम सुरु
-
आन्तरिक रोजगारी सिर्जना गर्नेतर्फ सरकारको ध्यान जान जरुरी : मुख्यसचिव अर्याल
-
रोजगारी वृद्धि गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई देउवाको सुझाव