विवाहेत्तर सम्बन्धका कारण आमाले नै गरिन् तीन वर्षीय छोरीको हत्या
काठमाडौँ । विवाहेत्तर सम्बन्धका कारण एक महिलाले आफ्नै तीन वर्षीय छोरीको हत्या गरेको घटना प्रकाशमा आएको छ ।
भारतको बिहार राज्यको मुजफ्फरपुरमा भएको उक्त घटनाबारे प्रहरीले हालै तथ्य उजागर गरेको हो । प्रहरीले हत्याको आरोपमा मृतक बालिकाकी आमा काजललाई पक्राउ गरेको छ ।
बिहीबार बिहान बालिकाको शव एउटा बन्द सुटकेसभित्र फेला परेको थियो । प्रहरीले उक्त शव मनोजकुमार र काजलकी छोरीको भएको पत्ता लगायो । मनोजकुमारसँग सोधपुछ गर्दा उनले काजलमाथि आफूलाई शंका लागेको बयान प्रहरी समक्ष दिएका थिए ।
घटनापछि फरार रहेकी काजललाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार काजल विगत एक वर्षदेखि रामपुरहारी थाना क्षेत्रका एक युवकसँग प्रेम सम्बन्धमा रहँदै आएको खुलासा भयो ।
काजल ती युवकसँग विवाह गर्न चाहन्थिन् । तर ती युवकले काजलकी छोरीलाई साथमा राख्न नचाहेका कारण छोरीको हत्या गरेर सुटकेशमा शव हालेर फालिदिएको खुलासा भएको हो ।
छोरीको हत्यापछि काजल आफ्नै प्रेमीको घर पुगेकी थिइन् । प्रहरीले उनलाई प्रेमीकै घरबाट नियन्त्रणमा लिएको हो । उनले हत्या आफैँले गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण