पौडीको प्रशिक्षक प्रशिक्षण तालिम सुरु
काठमाडौँ । नेपाल पौडी संघको आयोजनामा सातदोबाटो ललितपुरस्थित पौैडी पोखरीमा आधारभूत पौडी प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । तालिमको एक कार्यक्रमबिच नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले उद्घाटन गरे ।
अध्यक्ष श्रेष्ठले आगामी दिनमा नेपालमा पौडी प्रशिक्षकको अभाव हुन नदिने उद्देश्यले तालिमको आयोजना गरिएको जानकारी दिए । तालिममा २५ जना प्रशिक्षार्थीको सहभागिता रहेको पौडी संघले जनाएको छ ।
तालिम भदौ १५ गतेसम्म सञ्चालन हुनेछ । प्रशिक्षकको अभावमा पौडी प्रशिक्षणमा देखिएको असहजतालाई ध्यानमा राखी यो वर्ष संघले पाँचवटै प्रदेशसहित केन्द्रमा पनि तालिम सञ्चालन गरेको संघले जनाएको छ ।
कोशी प्रदेश, कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र मधेश प्रदेशमा भदौ अन्तिमदेखि तालिम सञ्चालन गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट स्वीकृति लिइसकेको जानकारी संघका प्रवक्ता उमेश प्रधानले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण