एन्फा कार्यसमिति बैठक सुरु, यस्ता छन् एजेन्डा
मङ्गलबार, ११ भदौ २०८१, ११ : ५२
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक सुरु भएको छ । एन्फाको केन्द्रीय कार्यालय सातदोबाटोमा आज बिहान ८ बजे बोलाइएको बैठक केही बेर अघि मात्रै सुरु भएको हो ।
बैठकमा २३ वटाभन्दा बढी विभिन्न एजेन्डा रहेको बताइएको छ । नयाँ आधुनिक फुटबल रंगशाला निर्माण, फिफा र एएफसीको अनुदानबाट भौतिक पूर्वाधार निर्माण तथा अन्य क्षेत्रमा बजेट विनियोजन, पुरुष राष्ट्रिय टिमको मुख्य प्रशिक्षक, नयाँ सदस्य संस्था गठन, शहीद स्मारक वि डिभिजन लिग फुटबल प्रतियोगिताको बजेट, आ.व. २०८१/८२ को वार्षिक बजेट र कार्यक्रमको बारेमा छलफल हुने अखिल नेपाल फुटबल संघको अध्यक्ष पंकज विक्रम नेम्वाङले जानकारी दिए ।
आजको बैठकमा उपाध्यक्ष विराटजङ्ग शाही र सदस्य पेमा डोल्मा लामाले पेस गर्ने छुट्टै एजेन्डामा पनि छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
-
स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सहजीकरण गर्छाैँ : प्रधानमन्त्री
-
नयाँ अवसर र चुनौती सम्बोधन गर्न राष्ट्र बैंक ऐन संशोधन आवश्यक: अर्थ सचिव उपाध्याय
-
सरकार फेरबदलको खेलले संघीयतामाथि नै प्रश्न उठायो : उद्धव थापा
-
बागमतीका ६ विना विभागीय मन्त्रीलाई अतिरिक्त जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण