प्रधानमन्त्रीसहित सांसदहरूले एकैसाथ ‘ध्यान–योग’ गर्ने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित संघीय संसद्का दुवै सदनका सांसदहरूले एकसाथ ध्यान र योग गर्ने भएका छन् । जीवन विज्ञान प्रतिष्ठानले संसद् सचिवालयसँग मिलेर भदौ १४ गते ध्यान शिविर गर्न लागेको हो ।
प्रधानमन्त्री ओली प्रमुख अतिथि रहने सो कार्यक्रममा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसहित दुवै सदनका सांसदहरूको सहभागितामा ध्यान शिविर हुन लागेको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा हुने सो कार्यक्रममा सहभागी हुन सांसदहरूलाई योगाभ्यास गर्न सहज हुने खुकुलो पोसाक लगाएर आउन आयोजक जीवन विज्ञान प्रतिष्ठानले आग्रह समेत गरेको छ ।
कार्यक्रमपछि आयोजकले सांसदहरूलाई माछा मासु बिनाको सात्त्विक भोजनको पनि व्यवस्था गरेको छ ।
आयोजकले सांसदहरूलाई पठाएको पत्रमा भनिएको छ,‘व्यक्तिभित्र अन्तर्निहित स्वास्थ्य, सुख, आत्मविश्वास, प्रेम, ज्ञान, सङ्कल्प र आनन्दका असीमित क्षमताहरू योग, ध्यान, साधनाका वैज्ञानिक र मनोविज्ञानका गहिरा सूत्रको प्रयोगबाट प्रकट गर्न सरकारका विभिन्न अङ्ग, निकाय तथा गैरसरकारी सङ्घसंस्थाहरूसँग सहकार्य गर्दै आएको जीवन विज्ञानले नेपाली माटोमा जन्मिएर हालसम्म विश्वका ७० भन्दा बढी मुलुकहरूमा वैज्ञानिक अध्यात्मको प्रयोगसम्बन्धी सेवा विस्तार गरिसकेको छ । यसै सिलसिलामा संसद् सचिवालयसँगको सहकार्यमा सम्माननीय प्रधानमन्त्रीज्यूको प्रमुख आतिथ्यता तथा सम्माननीय सभामुख ज्यू र राष्ट्रिय सभा अध्यक्षज्यूको समेत उपस्थितिमा २०८१ भदौ १४ गते शुक्रबार दुवै सदनका माननीयज्यूहरूका लागि स्वजागरण कार्यक्रम तय भएको हुँदा उक्त कार्यक्रममा यहाँको सहभागिताका लागि हार्दिक अनुरोध छ ।’
कार्यक्रम बिहान ८ देखि साढे ११ बजेसम्म हुने कार्यक्रम व्यवस्थापक अभिषेक अधिकारीले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण